जलेको कारबाट शव निकालियो

काठमाडौं। काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान १ कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका १ जना पुरुषको शव निकालिएको छ।
Advertisement 1
स्थानीयका अनुसार बा ५ च ३०३८ नम्बरको कारमा अकस्मात आगलागी भएको थियो। आगो लागिरहेकै कारबाट प्रहरीले एक जना पुरुषको शव फेला पारेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले सो कारबाट १ पुरुषको शव निकालिएको र शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको बताए।
आगलागी भएको उक्त कार बैंकको नाममा रहेको खुलेको र कारभित्र जलेका व्यक्तिको पहिचान नखुलेको जानकारी पनि उनले दिए। उक्त घटनाका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
प्रकाशित :२०८३ श्रावण ५, मंगलवार १४:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








