बाँकेका दुग्ध किसान मर्कामा

बाँके। बाँकेमा अवैध बाटोबाट दूध भित्रिने क्रम नरोकिँदा नेपाली किसान मर्कामा पर्दै आएका छन्।

Advertisement 1

नेपालगन्जलगायत आसपासका ग्रामीण बजारमा अवैध बाटोबाट दूध भित्रिनेक्रम नरोकिएकाले किसान मर्कामा परेका हुन्। दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले अवैध बाटोबाट दूध भित्रिनक्रम नरोकिएकाले नेपाली किसान मर्कामा परेको बताए।

नेपालगन्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा खुलेआम अवैध बिक्रीवितरण हुने गरेको छ। नेपाल–भारत मुख्य नाका जमुनाहबाट अवैध दूध आयातमा रोक लगाइए पनि ग्रामीण नाकाबाट अवैध दूध भित्रिने गरेको छ।

Advertisement 2

बाँके जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भएको हुँदा भारतबाट अवैध रुपमा आउने कच्चा दूध तथा दुग्धजन्य पदार्थले राजस्व चुहावट हुनुका साथै यहाँका किसानले उत्पादन गरेको दूध बिक्री नहुने अवस्था आएकाले नेपाल भित्रिने दूध तथा दुग्धजन्य पदार्थ तत्काल रोक्नुपर्ने अध्यक्ष भण्डारीले बताए।

गुणस्तरहीन दूध सस्तो दरमा बिक्रीवितरण हुन थालेपछि स्थानीय किसानकोे दूधले बजार पाउन नसकेको डुडुवा गाउँपालिका–५ कम्दीका अगुवा सूर्यलाल यादवले बताए।

Advertisement 3

“कम्दीका किसानको मुख्य आयस्रोत दूध बिक्री हो, यहाँका प्रत्येक घरबाट दूध बेच्ने गरिएको छ”, यादवले भने, “कम्दी गाउँमा मात्रै करिब दुई हजार भैँसीपालन गरिएको छ। तर पछिल्लो समय दूध बिक्रीवितरण नहुँदा समस्या बढ्दै गएको छ।”

प्रकाशित :२०८३ मंसिर ३ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]