ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा बढुवा गरेको छ।
Advertisement 1
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि उनि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एजीएम)का रूपमा कार्यरत थिए।
रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा करिअर सुरु गरेका थिए। सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध उनले बैंकका विभिन्न महत्वपूर्ण विभाग तथा जिम्मेवारी सम्हालिसकेका छन्।
Advertisement 2
उनले बैंकमा प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
रेग्मी ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।
Advertisement 3
बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका रेग्मीले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कस्थित कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।
ग्लोबल आइएमई बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका रेग्मीको डीसीईओमा बढुवासँगै बैंकको उच्च व्यवस्थापनमा उनको भूमिका थप विस्तारित भएको छ।








