किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न भागको भ्रमण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएकी छन्।
Advertisement 1
मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र, कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषिसडक, बिमा तथा बजारबारे सम्बन्धित कार्यालयका अधिकारी र किसानसँग प्रत्यक्ष छलफल गरी जानकारी लिएकी हन्।
उनले आज मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाको कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिइन्। सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री सङ्कलन केन्द्र, मर्चवारीमाई–१ मा ५० बिघामा गरिएको केराखेती र कोटहीमाई–५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाबारे जानकारी लिइन्।
Advertisement 2
मन्त्री चौधरीलाई किसानले हालै जिल्लाका विभिन्न भागमा हुरीले बालीमा पु¥याएको क्षतिबारे जानकारी दिँदै आफ्ना उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या भएको तथा कृषि बिमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए।
मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि वर्तमान सरकार, स्थानीय तह, कृषक र सरोकार भएका निकायबीच सहकार्य आवश्यक भएको बताउँदै आफ्ना तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरीन्।








