कोरोना महामारीमा ह्याम्स र केएमसी हस्पिटलको लुट

अहिले मुलुक कोरोना संक्रमणको दोश्रो लहरबाट आक्रान्त छ । सर्वसाधरणहरु अस्पतालको बेड नपाएर,उपचार छटपटाउँदै मर्नु पर्ने स्थितीमा छन् ।
यस्तै स्थितीमा राजधानीका चलेका नीजि अस्पतालहरु लुट मच्चाएका छन् । उनीहरुलाई कोरोना माहामारी दशैं बनेको छ ।
ह्याम्स अस्पताल र केएमसी अस्पतालले यसरी कोरोना संक्रमितको उपचारमा लुट मच्चाएका हुन् ।
केएमसीका मालिक हुन डा सुनिल शर्मा । उनले अघिल्लो बर्षमात्र सो अस्पताल खरिद गरेका हुन् । यस्तै ह्याम्सका साहुहरु छन् सुहृदराज घिमिरे, आरएस भण्डारी ।
Advertisement 1
ह्याम्सले एक सूचना निकाल्यो अस्पतालले विरामीका आफन्तलाई ७ हजारदेखि ५० हजार रुपैयाँसम्मका रुमको शुल्क लिनेसम्बन्धी । हेम्सको जेनरल वार्डको बेड चार्ज प्रतिदिन ७ हजार रुपैयाँ रहेको सूचनामा उल्लेख छ । ट्विन शेयरिङ रुमको प्रतिदिन १५ हजार रुपैयाँ, ३ बेड तथा ४ बेड भएको रुमको ११ हजार रुपैयाँ प्रतिदिन, आइसोलेसन र प्राइभेट रूमको २१ हजार रुपैयाँ प्रतिदिन बेड चार्ज, आइसोलेसन डिलक्स रूमको प्रतिदिन २६ हजार रुपैयाँ, स्वीट रूमको ५० हजार रुपैयाँ प्रतिदिन बेड चार्ज तथा आईसीयू बेडको २२ हजार रुपैयाँ प्रतिदिन शुल्क निर्धारण गरिएको सूचना प्रकाशित गरेको छ ।
Advertisement 2
सूचनामा आईसियुको बेडमा एकै दिन बसेको २२ हजार रुपैयाँ रहेको सुचनामा उल्लेख छ ।
यस्तै सिनामंगलस्थित केएमसी पनि नयाँ दर सार्वजनिक गर्यो । उक्त अस्पतालले प्रकाशित गरेको सूचनाअनुसार कोभिड क्याबिन बेडका लागि न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँ प्रतिदिन शुल्क लाग्ने भएको छ । कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार रुपैयाँ, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार रुपैयाँ, कोभिड क्याबिन डिलक्सको प्रतिदिन २५ हजार रुपैयाँ र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ लिइरहेको छ ।
यसैबीच कोरोना महामारीको मौका छोपेर चर्को शुल्क असुली गर्ने नीजि अस्पताललाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । यी दुईले लिएको शुल्कका बिषयमा चौतर्फी प्रश्न उठेपछि मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो ।