पहिरोले पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन। निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन्।
Advertisement 1
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
त्यस्तै, पृथ्वी राजमार्गको दुई स्थानमा समेत पहिरो खसेर यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
Advertisement 2
पहिरो पन्छाएर सडकमा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले सडकमा थप पहिरोको जोखिमसमेत रहेको जनाइएको छ।
प्रकाशित :२०८३ आश्विन ११, आईतवार १३:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








