नबिल बैंकले आधिकारिक रूपमा नबिल डिजी बैंक पोर्टल सार्वजनिक

नबिल बैंकले आधिकारिक रूपमा नबिल डिजी बैंक पोर्टल सार्वजनिक गरेको छ । नबिल डिजी बैंक पोर्टलमार्फत बैंकका ग्राहकलाई एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्रदान गर्न बैकले यस्तो पोर्टल ल्याएको हो । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव यही पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन ग्राहकलाई दिने बताएको छ । बैंकका कार्यकारी अधिकृत अनिल केशरी शाहले बिहीबार औपचारिक कार्यक्रमबीच सुरुआत गरेका हुन् । कम्प्युटराइज्ड बैंकबाट खाता सुरु गरेको बैंक अब डिजिटल बैंकको रूपमा विकास भएको छ । बैंकका विभिन्न उपलब्धीमध्ये नबिल बैंकको डिजी बैंक पनि एक रहेको बैंकको भनाइ छ । बृहत डिजिटल भिजन र रणनीति गर्न २०२० मा उक्त परियोजना स्थापना भएको थियो ।

Advertisement 1

बैंकले नबिल डिजी बैंक पोर्टलमार्फत उक्त परिकल्पना साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको नबिल जिकिर पनि गरेको छ । नबिल डिजी बैंकमा अनलाइन फिक्स डिपोजिट, डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्य रिप्लेसमेन्ट मर्चेन्ट अन बोर्डिङ र रिटेल एसएमई लोन आवेदनलगायत अनलाइन सेवा उपलब्ध रहेको बैंकले जनाएको छ ।

प्रकाशित :२०७८ पुष २८, बुधबार १२:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry