राजनीति नगर्न कर्मचारीलाई मन्त्रीको निर्देशन

खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई खानेपानीमन्त्री अब्दुल खानले निर्देशन दिएका छन् । सोमबार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिएका हुन् ।

Advertisement 1

उनले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिए । उनले कर्मचारीहरूले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पु¥याउनका लागि आन्दोलन गर्नुपर्ने बताए ।

मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गरे ।

प्रकाशित :२०७९ फाल्गुन १५, सोमबार १५:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry