साउनदेखि जनगणना गर्ने तयारीमा केन्द्रीय तथ्यांक विभाग

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको क्रममा १२ औं जनगणना हुने भएको छ। केन्द्रीय तथ्यांक विभागले कोरोना महामारीको कारण रोकिएको १२ औँ राष्ट्रिय जनगणना छिट्टै गर्नका लागि तयारी थालेको छ । वैशाख २५ गतेदेखि असार ८ गतेसम्मका लागि तोकिएको जनगणना कोरोना महामारीको कारण अनिस्चितकालका लागि रोकिएको थियो ।

Advertisement 1

तर अब कोरोना संक्रमणको जोखिम केहि कम हुँदै गएसँगै जनगणनाको तयारी थालिने केन्द्रीय तथ्यांक विभाग महानिर्देशक नेविललाल श्रेष्ठले जानकारी दिए । कोरोना महामारीको जोखिम कम हुँदै गएमा आगामी साउनबाट त्यसको तयारी थालिने उनले बताए । ‘कोरोना महामारीको जोखिम कम हुँदै गएमा आगामी साउनदेखि जनगणना गर्नेबारे आन्तरिक तयारी हुँदैछ । त्यसको लागि हामी सरकारसँग समेत छलफल गर्न लागेका छौँ । ‘ उनले भने ।

उनका अनुसार सबै जिल्लाहरुमा पहिल्यैका सबै कार्यालयहरु रहेकाले मिति तोकेर तयारी थाल्न सजिलो हुने बताए । उनले भने: ‘सबै जिल्लामा पहिलेकै कार्यालयहरु रहेकाले अब सरकारसँग छलफल गरेर मिति तोक्नेछौँ । तर कोरोना जोखिम रहेमा भने साउन भन्दा पनि पछि गर्न सकिन्छ ।’  श्रेष्ठका अनुसार १२ औं राष्ट्रिय जनगणनामा प्रदेश गणना अधिकारी, जिल्ला गणना अधिकारी, कार्यालय सहायक, लेखा, कार्यालय सहयोगी, स्थानीय जनगणना अधिकारी अधिकृत, सुपरिवेक्षक र गणक गरी परिचालन गर्ने भएको छ। ८ हजार सुपरिवेषक र ३९ हजार गणकहरु मिलेर काम गर्ने श्रेष्ठले बताएक छन् ।

प्रकाशित :२०७८ असार १, मंगलवार १४:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry