मृतकको संख्या १३६ पुग्यो,१४० भन्दा बढी घाइते
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी १३६ जनाले ज्यान गुमाएका छन् । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६ पुगेको छ ।
Advertisement 1
हिजो मध्यराती ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् । भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् ।
भूकम्पपछि सरकारले गएरातिदेखि नै उद्धार थालेको छ । घाइतेको उपचारका लागि सबै संयन्त्र परिचालन गरेको सरकारले जनाएको छ ।
प्रकाशित :२०८० कार्तिक १८, शनिबार ११:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%