तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

काठमाडौं। तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
Advertisement 1
बिहान ९ बजेसम्म भक्तजन सीमित मात्रामा थिए। १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिए। बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था थियो। बिहान १० बजेसम्म लाममा बसेको आधा घण्टामै दर्शन गरेर भक्तजन फर्किएका थिए। बिहान १० बजेपछि लाम बस्नुपर्ने अवस्था रहेको ललितपुर चापागाउँबाट आएकी दर्शनार्थी रञ्जिता शर्माले बताइन्।
बिहानै पानी पनि परेको र पानी रहेपछि पनि बादल लागेकाले भक्तजन कम आएको संस्कृति संरक्षण महाशाखाका बिसेट नायके अरुण श्रेष्ठले जानकारी दिए। यस वर्ष यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण १ हजार ३०० भन्दा बढीको निधन भएको र करिब ४ हजार मानिस हराइरहेको शोकका कारण शिवालयमा आउने भक्तजनको सङ्ख्या घटेको छ।
Advertisement 2
पशुपति क्षेत्रका विभिन्न स्थानमा रातो पहिरनमा सजिएका महिला भक्तजनको लाम लागेको छ। छिटो दर्शन गरेर फर्कनुपर्ने भक्तजनका लागि कोषले सःशुल्क टिकटको व्यवस्था गरेको छ। १ हजार रुपैयाँको को टिकट लिएर हतार हुने भक्तजन दर्शन गरेर फर्कन सकिने व्यवस्था गरिएको छ। यो टिकट दिनभर काटेर दर्शन गर्न सकिने कोषले जनाएको छ।
तीजका अवसरमा दिउँसो ३ बजे प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा, आराधाना एवं दर्शन गर्नुहुने कार्यक्रम रहेको जानकारी सदस्य सचिव श्रेष्ठले दिए। अन्य विशिष्ट व्यक्ति दर्शनका लागि आउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको कोषले जनाएको छ। तीजका अवसरमा राजधानीका गोकर्णेश्वर, नागेश्वर, त्रिपुरेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वरलगायत काठमाडौँ उपत्यकाका ठूला, साना शिवालयमा भक्तजनको लाम लागेको छ।
Advertisement 3
यसैगरी देशका विभिन्न स्थानमा रहेका साना, ठूला शिवालयमा पूजा, आराधाना एवं दर्शनका लागि महिला दर्शनार्थी भक्तजनको घुइँचो रहेको जनाइएको छ।








