श्रीमती नै जिन्दगीमा काल बनेर पसेपछि..

कपिलवस्तुका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ । गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा पाण्डेयमाथि मोटरसाइकलमा आएका तीनजनाले गोली हानेका थिए ।
शरीरमा दुई गोली लागेका पाण्डेयको तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । झण्डै एक महीनाको अनुसन्धानपछि प्रहरी पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै श्रीमती महिमा पाण्डेय रहेको निष्कर्षमा पुगेको हो ।

Advertisement 1

दीपकको हत्यामा उनकै श्रीमती महिमाको हात रहेको पुष्टि भएको छ’ कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले भने । पाण्डेयको हत्याको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा टोली खटाएको थियो ।

पाण्डेयको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पत्नी महिमा, ओमप्रकाश यादव, रमजान साह मुसलमान, साकिर अलि पखिया रहेका छन् । प्रहरीले महिमा र ओम प्रकाशलाई मुख्य योजनाकार भनेको छ भने रमजान र साकिरले पाण्डेयलाई गोली हानेको उल्लेख गरेको छ ।

Advertisement 2

३२ वर्षकी श्रीमती महिमाको माइती नजिकैको खुनुवा हो । भारतमा पढेकी उनी खाइलाग्दी र चिरिच्याँट्ट परेर हिँडेको कारण ओमप्रकाशले मन पराएको प्रारम्भिक बयानको क्रममा खुलेको छ । घरमा श्रीमान हुँदाहुँदै अर्कासँग लागेर श्रीमानलाई नै सिध्याउने योजना बुनेपछि अहिले पाण्डेका ५ वर्षकी छोरी र ११ वर्षका छोराको बिचल्ली भएको छ । अब महिमाले बुनेको रंगीन सपना पनि जेलको चिसो छिँडीमा बित्ने भएको छ ।

श्रीमतीले आफूले श्रीमान दिपकलाई मार्न लगाएको स्वीकारेकी छन् । शंकास्पद सबै मान्छेसँग बयान लिएपछि कुरो खुलेको प्रहरीको दाबी छ । शुरुमै अलिअलि शंका लागेपछि प्रहरीले महिमाको सुरक्षा भन्दै महिला प्रहरीलाई उनको घरमा नै निगरानीको लागि खटाएको थियो । सबै पक्षबाट हत्यामा श्रीमतीको हात रहेको पुष्टि भएपछि प्रहरीले उनलाई हिजो पक्रेको हो । हत्यामा प्रयोग गरिएका हतियार पनि प्रहरीले सबै बरामद गरेको छ । दिपक पाण्डेयमाथि दुई जनाले एकै चोटी फायर गरेको देखिएको छ । साकिर अली पखिया र रमजान साह मुसलमान दुबैले अर्को मोटरसाइकलमा पछाडि बसेर राती सडकमा गुडिरहेको बेला एकैपटक दिपकमाथि फायर खोलेका थिए ।

Advertisement 3

सबैभन्दा अचम्मचाहिँ दुबै हतियारबाट पाण्डेयमाथि एकैचोटी फायर भएको थियो । उनलाई दुई गोली लागेको थियो । पछि एउटा खोका भेटिए पनि अर्को फेला परेन । आमाको अर्कैसँगको लसपसले दुई लालाबालाको बिचल्ली भएको छ भने उनीहरूका बाबुको समेत जीवन समाप्त भएको छ ।

 

प्रकाशित :२०७८ असार १, मंगलवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry