उच्च मूल्यबाट घट्यो सुनको मूल्य

काठमाडौं। मंगलबार उच्च मूल्यको कीर्तिमान भएको सुन बुधबारका लागि थोरै सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

Advertisement 1

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

उक्त मूल्य नेपाली बजारमा सुनको अहिलेसम्मकै उच्च मूल्य हो। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७३५ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित :२०८१ श्रावण ३०, बुधबार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry