उत्तरगया गाउँपालिकामा रहेका जलविद्युत् आयोजना र नदी आसपासमा घर क्षतिग्रस्त

काठमाडौं। रसुवाको भोटेकोशी नदीदेखि आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजना र त्रिशूली नदी आसपासमा रहेका घरहरु प्रभावित भएका छन्।
Advertisement 1
गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन्। सो क्षेत्रमा पूर्वसूचना प्राप्त भए पनि सूचनाको १५ मिनेटमै बाढीले प्रहर गर्न थालेको र केन्द्र सरकारको सम्बन्धित निकायलाई उद्धारका लागि आग्रह गरिएको उनले बताए।
अध्यक्ष अर्यालले मानवीय क्षतिको विवरण आइनसकेको र पूर्वसूचना तथा उद्धारमा गएका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्।
प्रकाशित :२०८३ भाद्र १०, बुधबार १४:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








