चार व्यक्ति पक्राउ

पर्सा। स्रोत नखुलेको रु ५२ लाख ५० हजारसहित चार व्यक्ति पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र  सागरकुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो।
खानतलासी गर्दा निजहरूको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक  चक्रबहादुर मल्लले जानकारी दिए।
प्रकाशित :२०८३ श्रावण २६, मंगलवार १२:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry