सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९००ले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु २ लाख ९६ हजार थियो।
Advertisement 1
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु ४ हजार ५८० पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला रु ४ हजार ५७० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ।
प्रकाशित :२०८३ श्रावण २२, शुक्रबार १२:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








