सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ। हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३१० कायम भएको छ।
हिजो छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २ सय र त्यति नै परिमाणको चाँदी रु ४ हजार ३२० कायम भएको थियो। गत मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३१० निर्धारण भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
प्रकाशित :२०८३ श्रावण १४, बिहीबार १३:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








