सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु १ हजार ९०० र चाँदी रु ४० ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु २ लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार २४० निर्धारण भएको छ।
गत शुक्रबार १ तोला सुन रु २ लाख ८२ हजार १०० र चाँदी रु ४ हजार २०० मा खरिदबिक्री भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ श्रावण ३, आईतवार १२:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








