दरौँदी नदीमा मलामी बेपत्ता

गोरखा। मलामी गएका गोरखाका १ युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन्।
Advertisement 1
अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी गएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उहाँको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए
प्रकाशित :२०८३ श्रावण १, शुक्रबार १४:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








