सुनको मूल्य प्रतितोला रु ३ हजार १०० ले घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु ३ हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार २०० कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ३२५ कायम थियो।

प्रकाशित :२०८३ श्रावण १, शुक्रबार १२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry