मन्त्रालयभित्रै एमाले सचिव र मन्त्रीबीच ‘कुटाकुट’

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावल र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीबीच मन्त्रालयभित्रै विवाद भई एक अर्कालाई हात हालाहाल भएको छ ।

Advertisement 1

रावल र सोडारी दुवैले आफुमाथि दुव्यवहार भएको बताएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रावलले मन्त्री सोडारीले उनको कार्यकक्षभित्रै आफूलाई हातपात गरेको बताएका छन् भने यता मन्त्री सोडारीको सचिवालयले पनि मन्त्रीको कार्यकक्षमा पसि दुव्र्यवहार गरेको बताएको छ ।

“सुदूरपश्चिम सरकारले विश्वासको मत लिने कुरा अकस्मात् अस्ति साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएछ । त्यसबारे हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश इन्चार्ज लेखराज भट्टसँग कुरा भयो । मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिएको र मन्त्रीहरुलाई फिर्ता बोलाएको सन्दर्भमा संसदीय दलका नेता र प्रमुख सचेतकलाई पार्टीको ह्वीप जारी गर्न निर्देशन दिने र प्रत्येक सदस्यलाई पार्टीको तर्फबाट छुट्टै पत्र दिने कुरा भएको थियो । त्यही क्रममा हामी सदस्यहरुलाई पत्र बुझाउँदै गएका थियौँ । त्यसमध्ये कतिपय सांसदले पत्र बुझिसकेका थिए । मन्त्री रहेका दीर्घ सोडारी नेकपा एमालेबाट विजयी हुनुभएको थियो । कालान्तरमा उहाँलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । तर, उहाँ अहिले पनि सांसद हुनुहुन्छ । त्यसैले त्यो पत्र बुझाउनका लागि गएको थिएँ,” उनले भने, “ढोका खोलेर म बसेको पनि छैन, मन्त्रीज्यू नमस्ते, हजुरसँग सानो कुरा गर्नु थियो भन्दा उहाँ सिधै कुर्सीबाट उफ्रेर आएर गुन्डागर्दी शैलीमा कलर पक्रनुभयो । लछारपछार गर्नुभयो । सांसदहरुलाई बुझाउनका लागे मेरो हातमा बोकेको पत्रको बन्डल आधाजति च्यातिदिनुभयो । त्यहाँ भएका उहाँका पीएलाई भित्र ल्याउनु भनेर अभद्र ढंगले दुर्व्यवहार गर्नुभयो ।”

प्रकाशित :२०७८ जेष्ठ २५, मंगलवार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry