कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्। जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो।

Advertisement 1

उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ। प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ।

उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

Advertisement 2

प्रहरीले कार्गो बाकसबाट नौगेडी ठूलो २२ थान, सानो ४४ थान, २१ गेडी १४ थान, चन्द्रमा १६ थान, जन्तर २० थानलगायत सुनचाँदीको गरगहना बरामद गरेको छ।

प्रकाशित :२०८३ असार १८, बिहीबार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम