बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार

झापा। बुद्धशान्ति गाउँपालिकाले कृषिउपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ।

Advertisement 1

बुद्धशान्ति–४ को टिमाइस्थित सब्जीमण्डीमा रु २२ लाख लागतमा शीतभण्डार बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए। बुद्धशान्तिमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढी भएकाले शीतभण्डार निर्माणको तयारी थालिएको उनको भनाइ छ।

शीतभण्डारका लागि पालिकाले बजेट सुनिश्चित गरेर स्थानको छनोट गरिसकेको अध्यक्ष प्रसाईंले जानकारी दिए। “शीतभण्डार निर्माण भएपछि किसानले उत्पादन गरेका कृषिजन्य सामग्री भण्डारण गरेर उचित मूल्यमा बेच्न सक्नेछन्”, उनले भने, “धेरै पहिलेदेखि किसानले माग गरेकामा अब पूरा हुने भएको छ।”

Advertisement 2

यहाँको शीतभण्डारबाट छिमेकी रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाका किसानहरू पनि लाभान्वित हुनेछन्। शीतभण्डारसहितको आधुनिक कृषिमण्डी निर्माणमा रु ६२ लाख खर्च लाग्ने भएको अध्यक्ष प्रसाईंले जनाउँदै जसका लागि कोशी प्रदेश सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत साझेदारी गर्ने उल्लेख गरे।

चालु आर्थिक वर्षमा उक्त शीतभण्डार निर्माणका लागि प्रदेश र पालिकाले आवश्यक बजेट विनियोजन गरिसकेका छन्। बुद्धशान्ति–४ मा शीतभण्डार र वडा नं ३ मा कृषिमण्डी निर्माण गरिने छ। स्थानीय किसान बाबुलाल राजवंशीले शीतभण्डार निर्माण हुन लागेकामा खुसी व्यक्त गर्दै यहाँ उत्पादित तरकारी तत्कालै बिक्री नभएमा कम मूल्यमा बेच्नुपर्ने बाध्यता अन्त्य हुने।

प्रकाशित :२०८२ मंसिर ३, बुधबार १५:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry