हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने

बागमती। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्यागिक क्षेत्रभित्र सञ्चालित बक्यौता तिर्न बाँकी उद्योगको विद्युत् लाइन काट्ने कामलाई आज पनि निरन्तरता दिएको छ। बिहीबार ५० वटा उद्योगको विद्युत् लाइन काटेको कार्यालयले आज बिहान ६ः०० बजेदेखि बक्यौता तिर्न बाँकी रहेका कार्यालयको विद्युत् काट्ने कामलाई निरन्तरता दिएको हो।

Advertisement 1

कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले विद्युत् लाइन काट्ने कामका साथै बक्यौता तिरेको अवस्थामा लाइन पुनःजोड्ने कामसमेत भइरहेको जानकारी दिँदै बिहीबार १२ वटा उद्योगको पुनः लाइन जोडिएको बताए।

हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका सानाठूला गरी १३१ वटा उद्योगको बक्यौता तिर्न बाँकी रहेको जनाउँदै उनले बक्यौता नबुझाएका सबै उद्योगको विद्युत् लाइन काटिने उल्लेख गरे।

प्रकाशित :२०८३ असार ५, शुक्रबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry