उपमेयरमा ९९ मत पाएकी गुरुङ ओली सरकारको मन्त्री !

ओली नेतृत्वको सरकारमा संविधान जलाउनेदेखि, भारती नागरिकसम्म सहभागी गराइएपछि चर्काे आलोचना भइरहेको छ ।
शुक्रवारमात्र प्रधानमन्त्री ओलीले जसपाबाट ८ मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए । तिनै राज्यमन्त्रीमा नियुक्त पाएकोमध्य एक हुन रेणुका गुरुङ,जो ४ बर्ष अघि भएको स्थानीय तहको निर्वाचनजमा लज्जाजनक हार बेहोरेको थिइन् ।
काठमाडौं,टोखा नगरपालिकाबाट उनी उपमेयरको उम्मेद्धार थिइन् । उनले ०७४ सालमा भएको स्थानीय निर्वाचनमा जम्मा ९९ मत मात्र पाएकी छिन । उनको प्रतिष्प्रर्धी ज्ञानुमाया डंगालले भने ८ हजार ९८ मत पाएकी थिईन् र उनी उपमेयरमा निर्वाचित भएकी थिईन् । ज्ञानुमाया एमालेको उम्मेद्धार । रेणुका भने संघीय समाजवादी पार्टीबाट उम्मेद्धार बनेकी थिईन् । यसरी उपमेयरमा जुन पार्टीले हराएको थियो,सोही पार्टीले अहिले रेणुकालाई मन्त्री बनाएको छ । अहिलेसम्म कुनै पनि निर्वाचन नजितेकी र राजनीतिमा लागेको छोटो समयमै उनले मन्त्रालयमा पाइला टेकेकी हुन् । स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्। उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।
उनी शुक्रवारदेखि महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बनेकी छिन् ।
सुनसरीको रामधुनी नगरपालिका–६ की गुरूङ हाल काठमाडौंमा बस्दै आएकी छिन्। उनी नेपाल मानव कल्याण संगठन र दिगो विकास केन्द्रकी अध्यक्ष भइसकेकी छिन्।
स्थानीय तहको निर्वाचनमा आफ्नो मत कम आएको भन्दै निर्वाचन अधिकृतसँग बिवाद गरेकी थिइन् ।
सुरुमा बाबुराम भट्टराईको नयाँ शक्तिमा लागेकी गुरुङ उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग मिलेर बनेको समाजवादी पार्टीमा लागेकी थिइन् । सो पार्टी र जसपाबीच एकीकरण भएपछि उनी उपेन्द्र यादव समूह छोडेर महन्थ ठाकुर पक्षमा लागिन् । आफ्नो समूहमा लागेपछि ठाकुर र महतोले उनलाई राज्यमन्त्री उपहार दिएका हुन् ।

प्रकाशित :२०७८ जेष्ठ २३, आईतवार ०७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry