राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न रु चार करोड

दाङ। लुम्बिनी प्रदेश सरकारले यहाँस्थित राप्ती प्रादेशिक अस्पताललाई रु ४ करोड बजेट विनियोजन गरेको छ। सोमबार प्रदेशसभामा पेस गरिएको बजेट भाषणमार्फत आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कुरा बताएका हन्।
Advertisement 1
“अस्पतालको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो। अब, अस्पताल २०० श्ययामा विस्तार हुने भएको छ”, उनले भने।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सरकारले बजेट विनियोजन गर्दा प्राथमिकतामा नपारेको भन्दै यसअघि यहाँका नागरिकले विरोध गर्दै आएका थिए। यसपटकको बजेटले भने धेरै आशा पलाएको छ, स्थानीय खुमानन्द अधिकारीले भने।
Advertisement 2
त्यसैगरी, प्रदेश सरकारले थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्नका लागि यसपटक बजेट विनियोजन गरेको छ। सुकौराकोट पर्यटकीयस्थलको पूर्वाधार निर्माण र थारू सङ्ग्रहालय निर्माणका लागि रु ४ करोड बजेट विनियोजन गरेको छ। बजेट विनियोजन भएपछि यहाँका थारू अगुवा तथा सर्वसाधारण खुसी भएका छन्।
उनीहरूले थारू राजा दङ्गीशरणको इतिहास संरक्षण र सुकौराकोटलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न उक्त बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।








