सुदूरपश्चिम प्रदेश सरकारको अभियानः ‘पोखौँ पसिना देशमै हाँसेर’

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ पसिना देशमै हाँसेर’ अभियान सञ्चालन गर्ने भएको छ।

Advertisement 1

सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ।

स्वदेशमै सीप, श्रम र सिर्जनशीलताको सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्री धामीले बताए। सो अभियानअन्तर्गत कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढाई उद्यमशीलता प्रवद्र्धन गर्न कृषि अध्ययन गरेका तथा विदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने उनले बताए।

Advertisement 2

उक्त कार्यक्रम सञ्चालन गर्न रु २ करोड ५ लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए। प्रदेश सरकारले ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊ’ अभियानलाई पनि निरन्तरता दिइने छ। सो अभियानलाई निरन्तरता दिन बालविवाहविरुद्धको अभियान सञ्चालनका लागि रु १ करोड बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले विपन्न, दलित, मुक्त कमैया, मुक्त कमलरी, मुक्त हलिया, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालगायत लक्षित वर्गको सशक्तीकरण र आधुनिक उत्थानका लागि निःशुल्क जीविकोपार्जन लक्षित कार्यक्रम सञ्चालन गर्नेछ।

Advertisement 3

निःशुल्क जीविकोपार्जन लक्षित कार्यक्रम सञ्चालनका लागि रु ३ करोड ६० लाख बजेट विनियोजन गरेको मन्त्री धामीले बताए। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८३÷८४ का लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ।

प्रकाशित :२०८३ असार २, मंगलवार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry