कार्ययोजना बनाउन कार्यदलको बैठक सुरु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ।
Advertisement 1
प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्ने जानकारी दिए।
एमाले सचिवालयको बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मकरूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्न सो कार्यदल गठन गरेको थियो।
प्रकाशित :२०८३ जेष्ठ २६, मंगलवार १३:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








