कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको उपलक्ष्यमा प्रदेशलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
Advertisement 1
कोशी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै यस परिवर्तनका संवाहक अग्रज नेताहरू, नागरिक समाज र आमजनताप्रति उच्च सम्मान प्रकट गरेका छन्।
उनले ७ दशक लामो आन्दोलन र बलिदानको जगमा निर्मित संविधानले नागरिक अधिकार, समानता र समावेशीतालाई संस्थागत गरेको छ भन्दै यो केवल व्यवस्थाको परिवर्तन मात्र नभई जनतालाई सार्वभौम बनाउने ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।
प्रकाशित :२०८३ जेष्ठ १५, शुक्रबार १४:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








