सांसद थापाले फिर्ता गरे गाडी
प्रदेश मामिला समिति सभापतिको रूपमा पाएको गाडी शुक्रबार सांसद पदबाट निस्कासित भएपछि राष्ट्रिय जनमोर्चाका पूर्व सांसद कृष्ण थापाले आफ्नो गाडी फिर्ता गरेका छन् ।
Advertisement 1
पार्टी निर्णय विपरीत गएको भन्दै उनको सांसद पद खारेज गरिएको हो । सांसद थापाको पद खारेज गर्न पार्टी महासचिव मनोज भट्टले संसद सचिवालयलाई पत्र पठाएका थिए । संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ । उनलाई पार्टी विपरीत काम गरेको भन्दै १ वर्षका लागि साधारण सभाबाट निस्कासित गर्नुका साथै केन्द्रीय कमिटिबाट हटाएर, संसदीय दलको नेताबाट पनि अपदस्त गरिएको छ ।
पार्टीको ह्वीप नमानेपछि राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश भास सदस्य कृष्ण थापालाई कारवाही गरेको छ । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र मुख्यमन्त्रीमा प्रस्तावित कृष्णचन्द्र नेपाली पोखरेललाई भोट दिन नमानेपछि सांसद थापालाई पार्टीले कारवाही गरेको हो ।
Advertisement 2