श्रीमतिको उपचार नगरेको भन्दै शिक्षकले मुक्का हाने स्वास्थ्यकर्मीलाई

पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि कुटपिटको घटना बढ्दो छ । जेष्ठ २० गते भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना साम्य हुन नपाउँदै हुम्लामा सोहि घटना दोहोरीएको छ । हुम्लामा आफ्नो श्रीमतिको उपचार गर्न दैनिक नआएको भन्दै स्वास्थ्यकर्मीमाथि शिक्षकले कुटपिट गरेका छन् । हुम्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक काली बहादुर बुढालाई शिक्षक अमृत रोकायाले कुटपिट गरेका हुन् । चंखेली पुग्न सदरमुकाम सिमीकोटबाट दुई दिन पैदल हिड्नुपर्छ ।

Advertisement 1

श्रीमती कोरोना संक्रमित भएर होम आइसोलेसनमा भएका बेला उपचार गर्न नआएको भन्दै शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढामाथि कुटपिट गरेका स्थानीयले बताएका छन् । शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढाको शरिरमा आगो लगाउन स्प्रे पनि छरेको स्थानीयको भनाइ छ । तर नजिकै रहेका अरु स्थानीयले रोकेका थिए ।घटनाबारे जानकारी आएको र थप अनुसन्धान सुरु गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

यसअघि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा मृत्तकका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गरेका थिए भने केही दिनअघि मोरङमा प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए ।

Advertisement 2

 

प्रकाशित :२०७८ जेष्ठ २१, शुक्रबार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry