सेनाको गणभित्र गोली लागि घाइते भएकी सिपाहीको मृत्यु

कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहले बताए ।
Advertisement 1
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैहवास्थित मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआइदिएपछि भैरहवामै उपचार गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।
Advertisement 2