कसरी पाउँछन् कर्मचारीले १० दिनको भ्रमण बिदा ?

सरकारले कर्मचारीलाई घुमघाम काज दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनक गर्दै अर्थमन्त्री विष्णु पौडेलले घुमघाम काजको घोषणा गरेका हुन् ।
Advertisement 1
अब सरकारी कर्मचारीले घुमघाम काज अन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको अर्थमन्त्री पौडेलले बताएका छन् । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ । ‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइएको हो ।
यसअघि कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रको उत्थान गर्न तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सातामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव गरेका थिए । तर, यो विदाको दुरुपयोग हुनसक्ने भन्दै आलोचना भएपछि सरकारले निर्णय गरेको थिएन ।
कसरी पाउँछन् कर्मचारीले १० दिनको भ्रमण काज छुट्टी ?
सरकारले पहिलो चरणमा राष्ट्र सेवक निजामति कर्मचारीहरुलाई मात्र रोटेशन (आलोपालो) मा भ्रमण काजको व्यवस्था गर्ने तयारी गरेको छ । यसका लागि पहिला स्पष्ट नीति तथा कार्ययोजना बनाइने र त्यसको कार्यान्वयनमा जाने सचिव कोइरालाको भनाइ छ ।
मूलतः अहिले कर्मचारी छुट्टीको प्रस्ताव मात्र आएको हो । यसको कार्यान्वयनमा कसरी जाने भन्ने हामी तयारीको अवस्थामा नै छौँ । पहिला स्पष्ट नीति निर्देशिका तथा कार्ययोजना बनाउँछौँ र त्यसको कार्यान्वयनमा जान्छौँ’ कोइरालाले भने, ‘तर जतिसक्दो छिटो यो प्रस्तावको कार्यान्वयनमा हामी अघि बढ्छौँ ।’
Advertisement 2
प्रस्तावमै स्पष्ट भनिएको छ, यसरी भ्रमणमा पठाइने कर्मचारीलाई तलब सुविधासहित १० दिनको पारिश्रमिक बराबरको रकम समेत दिएर घुम्न पठाइनेछ । तर यसरी बिदामा बस्ने कर्मचारीहरु घुम्न गए नगएको, खर्च गरे नगरेको र भ्रमण सर्तको मापदण्ड पुरा गरे नगरेको एक उच्चस्तरीय संयन्त्र नै बनाइने छ । र त्यही संयन्त्रले नै कर्मचारीको निगरानी गर्नेछ । यदि शर्त विपरित भ्रमणमा निस्किएका कर्मचारीहरु दायाँ–बायाँ गरे व्यवस्था अनुसार कारबाहीसमेत गरिने सचिव कोइरालाले बताए ।