‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्नेगरी आवश्यक कार्यविधि निर्माणको काम छिट्टै सम्पन्न गरेर कार्यान्वयनमा लैजाने बताएका छन्।

Advertisement 1

मानवसेवा आश्रमले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा सहभागी टोलीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा आज छलफल गर्दै मुख्यमन्त्री आचार्यले मानवता र करुणायुक्त प्रदेश निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले सही सडक र सही सङ्गत मिले मानिस सही ठाउँमा पुग्न सक्ने उल्लेख गर्दै सडक आश्रित तथा बेसहारा मानवको संरक्षण राज्य र समाज दुवैको साझा दायित्व भएको धारणा राखे।

मानवसेवा आश्रमले गत वैशाख २७ गतेदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा यही जेठ २२ गतेसम्म सञ्चालन हुने जनाएको छ। यात्राको क्रममा हालसम्म ११६ सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको जानकारी दिइएको छ। आश्रमका अनुसार यात्रा एक महिनासम्म सञ्चालन हुनेछ। उद्धार गरिएका व्यक्तिलाई संरक्षण, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनका लागि आश्रमका सेवा केन्द्रमार्फत व्यवस्थापन गरिनेछ।

Advertisement 2

मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी तथा सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त तथा अभिभावकविहीन व्यक्तिको उद्धार र संरक्षणमा काम गर्दै आएको छ। विसं २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडाबाट औपचारिक सेवा सुरु गरेको आश्रमले हाल सातै प्रदेशका १९ जिल्लामा रहेका २५ सेवा केन्द्रमार्फत सेवा सञ्चालन गर्दै आएको छ। यात्रामा आनि छोइङ डोल्मा अध्यक्ष रहेको फाउण्डेशनको सहयोग रहेको छ। गायिका डोल्मा स्वयं यात्रामा सहभागी भएका छन्।

प्रकाशित :२०८३ जेष्ठ ७, बिहीबार १६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry