आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने: मुख्यमन्त्री आचार्य

भैरहवा। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना बैंकमा समावेश भएका योजनालाई मात्रै बजेट तथा कार्यक्रममा समेट्ने नीति अघि सारेको छ।

Advertisement 1

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा आज सम्पन्न प्रदेश समन्वय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोटमा प्रदेश सरकार ‘निर्मम’ बन्ने बताए।

उनले आयोजना बैंकको अवधारणालाई कार्यविधिमार्फत अघि बढाइएको उल्लेख गर्दै विधिअनुसार मात्र योजना छनोट गरिने स्पष्ट पारे। पूर्वाधारतर्फ ३० लाख रुपैयाँभन्दा कम लागतका योजना प्रदेश सरकारले नसमेट्ने र अन्य क्षेत्रका १० लाख रुपैयाँभन्दा कम लागतका योजना प्रदेशस्तरमा नराखिने उनको भनाइ थियो।

Advertisement 2

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्याल लगायतले धारणा राखेका थिए। स्थानीय तहका जनप्रतिनिधिहरुले योजना छनोट, कर्मचारी अभाव र समन्वयसम्बन्धी विषयमा सुझाव दिएका थिए।

प्रकाशित :२०८३ जेष्ठ ७, बिहीबार १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry