प्रतिनिधिसभा बैठक: ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिएका छन्।

Advertisement 1

बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गरे। सांसद भूमिका सुब्बाले राष्ट्रपति महिला उत्थान कार्यक्रम नीति तथा कार्यक्रममा छुटाउनै नहुने बताए। धनबहादुर बुढाले डिजिटल डोल्पा र पूर्ण इन्टरनेट डोल्पा बनाउन सरकारसमक्ष माग गरे।

सांसद सरस्वती लामाले जनता महँगीको मारमा परेको र उनीहरूको जीवन सहजीकरण गर्नतर्फ सरकारले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए। सांसद केपी खनालले सरकारले सुकुम्बासीलाई दुर्गन्धित खोला क्षेत्रबाट हटाएर सम्मानित र व्यवस्थित जीवनयापनका लागि प्रयास गरेको बताए। सांसद प्रकाशचन्द्र परियारले समृद्धि मात्रै नभएर समानतामूलक समृद्धि आवश्यक रहेको धारणा राखे।

Advertisement 2

दलीय आधारमा विशेष समय लिएर सांसद आनन्द चन्द, देवराज पाठक, यज्ञबहादुर बोगटी, अम्विकादेवी सङ्ग्रौला, विष्णुबहादुर खड्का, सुलभ खरेलले समेत संसद्मा धारणा राखेका थिए।

प्रकाशित :२०८३ जेष्ठ ५, मंगलवार १३:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry