वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन्।
Advertisement 1
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो।
अभियुक्त तामाङले जापान पठाइदिन्छु भन्दै एक जनाबाट रु ११ लाख ५५ हजार, केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट रु ९३ लाख, डिल्लीमानले २ जनाबाट रु १४ लाख ७५ हजार, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जनाबाट रु १२ लाख २५ हजार र नमुनाले मकाउ पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट रु ५ लाख ५० हजार ठगेका थिए।
प्रकाशित :२०८३ बैशाख २४, बिहीबार १६:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












