सरकारी कर्मचारीको तलब अर्धमासिक रूपमा पाउने

काठमाडौं। नेपाल सरकार, अर्थ मन्त्रालयले सरकारी कर्मचारीको तलब भत्ता वितरण प्रणालीलाई अर्धमासिक (महिनामा २ किस्ता) रूपमा कार्यान्वयनमा ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ।
Advertisement 1
मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाबाट महालेखा नियन्त्रक कार्यालयलाई प्रेषित पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलब भत्ता अब अर्धमासिक (१५/ १५ दिनमा) रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो।
उक्त पत्रमा उल्लेख भएअनुसार मन्त्री स्तरीय निर्णयबाट अर्धमासिक तलब वितरण प्रणाली लागू गर्ने सहमति भइसकेको छ । सोही निर्णयअनुरूप सम्बन्धित निकायलाई आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी यथाशीघ्र सम्पन्न गर्न आग्रह गरिएको छ ।
Advertisement 2

प्रकाशित :२०८३ बैशाख ७, सोमबार ११:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


















