नेपाल–लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग आज नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
Advertisement 1
त्यस अवसरमा उनीहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका नयाँ क्षेत्र पहिचान एवं सहयोग विस्तारबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ।
सन् २००५ डिसेम्बर ३० मा नेपाल र लिथुआनियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुवै देशले अन्तरराष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका छन्।
–––
प्रकाशित :२०८३ बैशाख ४, शुक्रबार ११:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

















