२ सय ६६ दीर्घरोगीलाई आर्थिक सहयोग

तनहुँ। व्यास नगरपालिकाले २ सय ६६ जना दीर्घरोगीलाई रु ३९ लाख २८ हजार आर्थिक सहयोग गरेको छ। उनीहरूलाई जनही रु ५ हजार प्रदान गरिएको हो।
Advertisement 1
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्षमा क्यान्सर, मुटुरोग, मिर्गौलाका बिरामीलाई सहायता रकम प्रदान गरिएको हो।
यसैबीच, ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न वर्गका बिरामी र मानसिक रोगीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ। यसबाट व्यासका ४ हजार ७१५ जना लाभान्वित भएका छन्।
Advertisement 2
चालु आवको प्रथम ८ महिनामा ६ देखि ५९ महिनासम्मका पाँच हजार १६३ जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ। दशदेखि १४ वर्षका ७ सय ८९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपिभी खोप लगाइएको छ।
–––
प्रकाशित :२०८२ चैत्र २५, बुधबार ११:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















