स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव श्रेष्ठ को संयोजकत्वमा समिति गठन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउने उद्देश्यले चैत २२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताल ले कार्यादेश सहित एक उच्चस्तरीय समिति गठन गरेकि छन्।
Advertisement 1
उक्त समितिमा अतिरिक्त स्वास्थ्य सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठ संयोजकमा डा. सरोज शर्मा सदस्य, डा. भिम प्रसाद सापकोटा सदस्य, मित्र प्रसाद घिमिरे सदस्य, उषा तण्डुकार सदस्य, सुरज प्रकाश अर्याल सदस्य सचिव गरि ६ जनाको समिति गठन गरिएको छ।
जुन निम्न विषय वस्तु मा थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउने उद्देश्यले गठन गरिएको हो।
१) आगामी १५ दिनभित्र Free Health Portal निर्माण गरी लागू गर्ने ।
२) बिरामीको उपचार इतिहास, Referral पुनःसेवा र Clinical Follow–Up व्यवस्थित गर्न विरामीको अभिलेख प्रणाली (Patient Record System का लागि डिजिटल, एकीकृत र अन्तरआवद्ध स्वास्थ्य सूचना प्रणाली विकास तीन महिनाभित्र गर्ने। अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्ने स्पष्ट Refer Protocol प्रणाली लागू गर्ने ।
३) सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको Attendance Monitoring गर्न GIOMS अनिवार्यरुपमा लागू गर्ने ।
४) अस्पताल फार्मेसीमा औषधीको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली १५ दिन भित्र निर्माण गरी सञ्चालनमा ल्याउने साथै अनुगमन समेत गर्ने
Advertisement 2
















