परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन्।

Advertisement 1

आज बिहान तारकेश्वर नगरपालिका–९ मनमैजु मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन्। मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गरेका थिए।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ। यहाँ चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि ५ दिनसम्म जात्रा लाग्ने गरेको छ।

Advertisement 2

जात्राको पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन विश्राम (आफन्तलाई भोज खुवाउने) र पाँचौँ दिन सिन्दूरजात्रा र देवता विसाउने र सोही दिन लिङ्गो ढाल्ने प्रचलन रहेको स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिए।
–––

प्रकाशित :२०८२ चैत्र २०, शुक्रबार ११:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry