एनपीएल : लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले पायो १०२ रनको लक्ष्य
काठमाडौं। जारी एनपीएल अन्तर्गत सोमबार भइरहेको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ।
Advertisement 1
टस हारेर पहिला ब्याटिङको निम्ता पाएको कर्णालीले निर्धारित ओभरमा अलाउट हुँदै १०१ रन बनाएको हो। उसका लागि जीशम मक्सुदले सर्वाधिक ३० रन बनाए। त्यस्तै विलियम बसिस्टोले १६ तथा बाबर हायातले १३ रन बनाए।
सुदूरपश्चिमका लागि हर्मीत सिंहले ३ विकेट लिए। त्यस्तै स्कट कुग्लाइन र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए। यसअघि सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्ले अफ पुगिसकेको छ। रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर–१ खेल्ने करिबकरिब निश्चित भइसकेको छ।
Advertisement 2
अंक तालिकामा शीर्ष हुने २ टिमले क्वालिफायर–१ खेल्नेछन्। दोस्रो र तेस्रो हुने टिमले इलिमिनेटर खेल्नेछन्। इलिमिनेटरमा जित्ने टिमले क्वालिफायर–१को पराजित टिमसँग क्वालिफायर–२ खेल्नेछ। क्वालिफायर–१को विजेता टिम सिधै फाइनल पुग्नेछ। क्वालिफायर–२को विजेत फाइनल पुग्नेछ।