सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ। सुन तोलामा रु ४ हजार ६०० ले घटेको छ भने चाँदी पनि रु १५० ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ६७० कायम भएको छ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ८२० कायम भएको थियो।
Advertisement 2
गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ९२० कायम भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––
प्रकाशित :२०८२ चैत्र १३, शुक्रबार १५:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














