कोरोना खोपको लागि २६ खर्ब ७५ करोड बिनियोजन
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा जोड दिने बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषण गर्दै सबै नागरिकलाई कोरोना विरुद्धको खोपको लागि २६ खर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरिएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खोपको लागि २६ खर्ब ७५ करोड बिनियोजन गरेको जानकारी दिए । पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।
Advertisement 1
उपचारमा संलग्न कर्मचारीलगायतका लागिहरुलाई प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ। कोभिड उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ छुट्याएको छ।
यस्तै सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने भएको छ ।
Advertisement 2
सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए।
Advertisement 3
सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको औषधि सबै स्वास्थय संस्थामा हुने उनले बताए। औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने उनले बताए।