सुनचाँदीकोे मूल्य घट्यो

काठमाडौ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु २ हजार २०० र चाँदी रु १८५ ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ५ हजार १५० कायम भएको छ।

हिजो मङ्गलवार १ तोला छापावाल सुन रु ३ लाख ९ हजार ९०० र १ तोला चाँदी रु ५ हजार ३३५ कारोबार भएको थियो। गत सोमवार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ९ हजार ५०० कायम भएको थियो भने १ तोला चाँदीको मूल्य रु ५ हजार २६५ निर्धारण भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––

प्रकाशित :२०८२ चैत्र ४, बुधबार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry