सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा रु ४ सय र चाँदी रु ७० ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ९ हजार ९०० कायम भएको छ भने १ तोला चाँदीको मूल्य रु ५ हजार ३३५ निर्धारण भएको छ।

हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला रु ३ लाख ९ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु ५ हजार २६५ निर्धारण भएको थियो। गत आइतवार १ तोला सुन रु ३ लाख ९ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २७० मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ चैत्र ३, मंगलवार ११:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry