मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

सङ्खुवासभा। गए राति लाक्पा शेर्पाको घर आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ।
Advertisement 1
मादी नगरपालिका–३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।
आगलागीबाट शेर्पाको घरभित्र राखिएको नगद रु ५० हजार, २ तोला सुन, ३० मुरी आलु, ३ मुरी धान, ४ मुरी मकैलगायत अन्नपात, भाडार्वतन र लत्ताकपडा जलेर नष्ट भएको हो।
Advertisement 2
शेर्पा निदाइरहेको अवस्थामा आगलागी भएको तर, आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीको सूचना प्राप्त भएपछि प्रहरीचौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक सुदेश चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।
प्रकाशित :२०८३ असार ९, मंगलवार १५:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








