सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु ३ लाख १६ हजार ९०० कायम भएको छ भने १ तोला चाँदीको मूल्य रु ५ हजार ४७५ निर्धारण भएको छ। शुक्रबार १ तोला सुन रु ३ लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ४४५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ फाल्गुन २४, आईतवार १२:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













