यस्तो छ मोरङ–४ मा चुनावी प्रतिष्पर्धा

मोरङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रतिष्पर्धा रोचक हुने देखिएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गुुरुराज घिमिरे र २ पटक चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनलाल मोदीसहितका उम्मेदवार हुन्।

Advertisement 1

विगतका २ वटा निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेर जितेको नेकपा (माओवादी केन्द्र) यस पटक नेपाली कम्युनिष्ट पार्टीको नामबाट एकल रुपमा प्रतिस्पर्धामा होमिएको छ। हालै कांग्रेसका महामन्त्री बनेका गुरूराज घिमिरे पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका ह।

विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट माओवादीका अमनलाल मोदी ३० हजार ६१२ मतसहित विजयी भएका थिए। समानुपातिकतर्फ भने सबैभन्दा बढी नेपाली कांग्रेसले १९ हजार ५५५ मत पाएको थियो। तत्कालीन समयमा एमालेले १८ हजार ३८६ मत पाउँदा माओवादी केन्द्रले ९ हजार ७६० मत ल्याएको थियो।

Advertisement 2

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार २७० मत ल्याएको थियो। यस पटक केही नयाँ दलसहित नयाँ अनुहारले पुरानालाई चुनौती दिएका छन्। यो क्षेत्रमा १ लाख १९ हजार २५५ मतदाता छन् भने यस पटक ९ हजार ७८ जना मतदाता थपिएका छन्। विसं २०७९ र २०७४ को निर्वाचनमा एमाले र कांग्रेसको गठबन्धनमै निर्वाचित मोदी यो पटक पनि जित आफ्नै पक्षमा आउनेमा ढुक्क रहेको बताउँन्।

विगतको निर्वाचनमा नेपाली कांग्रेसको लोकप्रिय मत भएकाले यस पटक जित सहज हुने विराटनगरका मतदाता लीलाप्रसाद काफ्ले बताउँछन्। एमालेबाट पूर्वप्रदेशमन्त्री जीवन घिमिरे चुनावी मैदानमा हुुनुुहुुन्छ। पार्टी सङ्गठन र आफ्नो अनुभवले जित आफ्नो पक्षमा आउने विश्वास घिमिरे बताउँछन्।

Advertisement 3

पुराना दलहरूले विकास, निर्माण, सुशासन, भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेका कारण जनता परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको राष्ट्रिय स्वतन्त्र पार्टीकोका उम्मेदवार सन्तोष राजवंशी बताउँछन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युुनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टीसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको मोरङ ४ मा उम्मेदवार चुुनावी प्रचारप्रसारका क्रममा मतदातासँगै छन्।
–––

प्रकाशित :२०८२ फाल्गुन १५, शुक्रबार १५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry